FAQs Complain Problems

रोजगार सेवा केन्द्र मार्फत आर्थिक सहयोगको लागि सहजीकरण गरिएको बारे ।

टीकापुर नगरपालिका वडा नं.९ रोइनीबोझि बस्ने महाबिरे लुहारको नाति इन्द्रे लुहारको छोरा वर्ष ४३ का श्री सिद्ध बहादुर लोहारले मिति २०८० /०१/२८ गते टिकापुर नगरपालिकामा गई गालाको क्यान्सर  भएको र उपचारको लागि आर्थिक सहयोग पाउँ भनि रोजगार सेवा केन्द्रमा निवेदन पेश भएकोमा उक्त निवेदन बमोजिम FEWIMS प्रणाली को प्रयोग मार्फत वैदेशिक रोजगार बोर्डको सचिवालयमा सहजीकरण गर्दै  वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष बाट निजलाई गालाको क्यान्सर रोग ठहर भए बमोजिम उपचार को लागी निजकै बैंक खातामा रु ७,००,०००/- (अक्षररुपी सात लाख मात्र ) जम्मा भैसकेको जानकारी गरिन्छ ।

 

साथै नगरपालिका परिवार उहाको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ