FAQs Complain Problems

संक्षिप्त परिचय

टिकापुर नगरपालिकाको संक्षिप्त परिचय नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने सेती अञ्चलको पूर्वी जिल्ला कैलालीको पनि पूर्वी भागमा कर्णाली नदीको तटमा अवस्थित टीकापुर, २०५३ साल माघ १७ गते पहिलो पटक घोषणा भई हाल २०७३ फागुन २७ गते को मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टिकापुर नगरपालिका,नारायणपुर र धन्सिहंपुर गा.वि.स. मिलि टिकापुर नगरपालिका बनेको हो । यो नगरपालिका महेन्द्र राजमार्गमा पर्ने लम्की वजार देखि १४ कि.मी दीक्षण पट्टि भारतको सिमाना देखि १४ किलोमिटर अवस्थित छ ।यो नगरपालिका २८°३१'३०" उत्तरी अक्षांस र ८१°०७'१५" पुर्बी देशान्तरमा अवस्थित छ ।अहिले टीकापुर नगरपालिका १२२.२२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । टिकापुर सिमाना पूर्वमा कर्णाली नदि र बर्दिया जिल्ला,पश्चिममा भजनी नगरपालिका ,उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा मोहना नदि,भारत सिमाना पर्छ ।