FAQs Complain Problems

आन्तरिक बसाइँ सराई सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र

२) सरि जाने व्यक्ति हरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकम विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि

३) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि / घर वा जग्गा नभएको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात

४) घर जग्गा भएको हकमा घर भए  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) घर जग्गा नभएको हकमा सम्बन्धित घर धनि संग गरेको घर बहालको सम्झौता

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                     

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने                                                      

५) निवेदकले तोकिएको सुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने