FAQs Complain Problems

टिकापुर पार्क

Read More

कर्णाली पुल

Read More

कर्णाली नदी

Read More

टिकापुर नगरपालिकाको संक्षिप्त परिचय

नेपालको सुदूर पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत पर्ने सेती अंचल, कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग  देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |

घना जंगल भएको यस क्षेत्रमा बस्ति बस्ने क्रममा यहाँका बस्तीहरु टिका जस्तै गरि गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ भने अर्को भनाइ अनुसार बस्ति बस्ने क्रममा जंगल फडानीको कार्य दशैंको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ|

जन प्रतिनिधि

तपेन्द्र बहादुर रावल
नगर प्रमख
9848538855
केशरी कुमारी रावल बिष्ट
नगर उप-प्रमुख
9848429919

कर्मचारी

टोपेन्द्र बहादुर के.सी.
प्रमुख प्रशासकीय अधिकृत
9858434111
रन्जु आचार्य
प्रशासकीय अधिकृत/सूचना अधिकारी
9848035090
लक्ष्मी ओड
आर्थिक प्रशासन प्रमुख (लेखा अधिकृत)
9858488258
चित्रराज उपाध्याय
सूचना प्रविधि अधिकृत
९८४८५३८३२०

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

जानकारी